कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्‍चिमका तीन जिल्लामा ल्याब स्थापना गर्ने प्रदेश सरकारको निर्णय

४० करोडको कोष स्थापना
अर्जुन शाह

(धनगढी) — सुदूरपश्चिम प्रदेश सरकारले धनगढी, बैतडी र डोटीमा कोरोना संक्रमण भए/नभएको जाँच गर्न ल्याब स्थापना गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोनाका सम्भावित बिरामीको नमुना परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीका जिल्ला अस्पतालमा प्रयोगशाला (ल्याब) स्थापना गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले जानकारी दिए । हाल धनगढीमा संकलित नमुना काठमाडौं पठाउनुपर्ने बाध्यता छ ।

यस्तै प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । कोषमा प्रदेश सरकारले ४० करोड उपलब्ध गराउने निर्णय गरेको छ । कोषमा योगदान गर्न सर्वसाधारण तथा संघसंस्थाहरुलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री शाहले बताए ।


सेती प्रादेशिक अस्पताललाई कोरोना रोग उपचारका लागि केन्द्रित अस्पतालका रुपमा तोक्ने निर्णय गरेको छ । शान्ति सुरक्षा, अन्य मानवीय सेवा सुचारु गर्न विभिन्न मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।


गरिबीको रेखामुनि रहेका र दैनिक ज्याला मजदुरी गुमेका विपन्न वर्गहरुलाई राहत प्याकेज घोषणा गर्न संघीय सरकार तथा स्थानीय तहसँग समन्वय गरी कार्य अघि बढाउने निर्णय गरिएको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?