कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

धनगढीमा कसिलो बन्दै लकडाउन 

कालोबजारी र कृत्रिम अभाव बढ्दै
मोहन बुढाऐर

(धनगढी) — सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा लकडाउन कसिलो बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले लकडाउन कार्यान्वयन बलियो हुँदै गएको बताए । ‘अत्यावश्यक कामका लागि केही मानिस बाहिर निस्केपनि प्रहरीले रोकेर घरभित्र बस्न आग्रह गर्दै फर्काउन लागेको छ’उनले भने,‘सबैले यो लकडाउन स्थानीय प्रहरी प्रशासन र सरकारको नभएर जनताको हो भनेर सबैले बुझिदिए, पूर्ण सफल हुने छ ।

धनगढीमा कसिलो बन्दै लकडाउन 

’उनले खाद्यान्न, ग्यास , औषधिका लागि कोही पनि रोकिनु नपरेको बताए । प्रमुख जिल्ला अधिकारीले लकडाउनमा कडाइ गरेको बताए पनि बजारको भित्री गल्लीमा मोटरसाइकल चलाउने र बजारमा मान्छेहरु फाटफुट निस्किरहेका छन् ।


स्थानीयले भने खाद्यान्न लगायत अत्यावश्यक वस्तु किन्नमा प्रशासनले रोक लगाएको आरोप पनि लगाएका छन् । धनगढी ५ हसनपुरका बिक्रम भट्टले प्रहरी प्रशासनले खाद्यान्न, औषधि किन्न निस्केकालाई प्रहरीले दु:ख दिएको बताए । ‘एक कट्टा नजिकैको किराना पसलमा सामान लिन जाउभन्दा प्रहरीले मोटरसाइकल चाबी थुत्यो’, उनले भने,‘आफ्नो सबै समस्या राख्दा पनि मानेन । उल्टै लाट्ठी प्रहार नै गरौंला गरी आए ।’उनले कसैकसैले अत्यावश्यक नाममा घुमिररहेका भए पनि सबै बिनाकाम बाहिर निस्केका हुँदैन भन्ने कुरालाई बुझ्न आवश्यक भएको बताए ।


स्थानीय सिद्धराज भट्टले स्थानीय प्रशासनले खाद्यान्न लगायतका अत्यावश्यक सेवा लिनेहरुलाई पासको व्यवस्था मिलाउनु पर्ने सुझाव दिए ।


कालोबजारी र कृत्रिम अभाव बढ्दै

धनगढी उत्तरबेहडीका देवराज जोशीले लकडाउनले कालोबजारी र बस्तुको भाउ महँगिएको बताए । ‘बजारमा खाद्यान्नका पसलमा अहिले लुट छ’उनले भने,‘एक सय ४० प्रतिकिलोमा पाइने दाल अहिले २ सयमा बेचिरहेका छन् ।’ उनले १५ सय ५० रुपैयाँमा पाइने २५ किलोको एक बोरा चामल १७ सय पुगेको बताए ।


उनले स्थानीय प्रशासनले बजारका सबै खुद्रा तथा खाद्यान्नका पसल खोल्न दिनु पर्ने बताए । ‘बजारका खाद्यान्न पसल दिनभर खोलेपछि कालोबजारी कम हुने छ’, उनले भने,‘कहाँ पसल खुलेको छ, त्यहीं पुगेर फटाफट सबै समान किन्दा व्यापारीको रेटमा मनपरी बढेको हो ।’


ग्यास डिलरले ग्यास लुकाइरहेको स्थानीयको गुनासो छ । ‘आज सकिएको बेलुका आउनु भन्छन्’ स्थानीय हिमा जोशीले भनिन्,‘भरे बेलुका जता डिलर बन्द गरेको हुन्छ । दुई दिन भई सक्यो ग्यास पाएको छैन । घरमा ग्यास सकिनै लागेको छ ।’


लकडाउनको जनताको स्वत: समर्थन रहेको बेला सरकारले खाद्यान्न र अत्यावश्यक वस्तु सहजरुपमा उपलब्ध गराउनमा ध्यान दिनु पर्ने उनले बताइन् । तर प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कसैले पनि कालोबजारी गरेको थाहा भए कारबाही गरिने बताए ।

प्रकाशित : चैत्र १२, २०७६ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?