कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर फर्किँदै गरेका नेपाली दिनभर सीमामा अलपत्र

भवानी भट्ट

कञ्चनपुर — भारतबाट घर फर्किन लागेका ७५ जनाभन्दा बढी नेपालीहरु गड्डाचौकीको सीमा क्षेत्रमै अलपत्र परेका छन् । विभिन्न क्षेत्रबाट मजदुरी गरेर र सीमावर्ती बजारमा उपचार गराएर फर्किनेहरु सीमामा अलपत्र परेका हुन् ।

मंगलबार बिहानैदेखि उनीहरु नाकामा रोकिएका हुन् । सशस्त्र प्रहरीको राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीका डिएसपी केशव प्याकुरेलका अनुसार बिरामी र तिनका कुरुवा गरी ३९ जना र काम गरेर फर्किन लागेका १७ जना नाकामै रोकिएका हुन् ।



यसैगरी भारततर्फ पनि ४०/५० जना रोकिएका छन् । ‘दिनभरि रोकिएर बसेकाहरुलाई चाउचाउ र बिस्कुट दिएका छौं’ डिएसपी प्याकुरेलले भने, ‘नाकाबाट भित्रिने दिने कुनै निर्देशन आएको छैन ।’ सोमबार पनि भारतबाट आएका ३ सय बढीलाई दिनभरि नाकामै रोकेर साँझमात्रै छाडिएको थियो ।

प्रकाशित : चैत्र ११, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?