कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिम न्यूनीकरणका लागि गड्डा चौकीमा सेना सक्रिय

काठमाडौँ — तीन दिनयता कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाली सेनाको २५ बाहिनीले तीन दिनदेखि निरन्तर पश्चिम नाका गड्डाचौकीमा कोराना भाइरस संक्रमणको जोखिम न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

जोखिम न्यूनीकरणका लागि गड्डा चौकीमा सेना सक्रिय

बाहिनीपति सहायकरथी शंकरबहादुर पण्डितका अनुसार गड्डाचौकी नाकामा सेनाले भारतका विभिन्न स्थानबाट मजदुरी गरेर स्वदेश फर्किने नेपाली नागरिकको स्वास्थ्य परीक्षण प्रभावकारीरुपमा गरिरहेको छ । सीमा नाकामा शुक्रबारयता हालसम्म करिब २० हजार नागरिकको स्वास्थ्य परीक्षण गरिएका छ ।


'शुक्रबारदेखि नै हामीले टेन्टको अस्थायी क्याम्प र आवश्यक घेरबार बनाएर स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनायौँ,' उनले भने,'स्वास्थ्य परीक्षणमा अन्य निकायबाट खटिएका स्वास्थ्यकर्मीको पनि ठूलो भूमिका छ ।'


उनले ज्वरो बढी देखिएकालाई सैनिक चिकित्सककै निगरानीमा गड्डाचौकीमै पुनःस्वास्थ्य परीक्षण गर्ने गरिएको बताउँदै थप आशंका देखिए महाकाली अस्पताल पठाउने प्रबन्ध मिलाइएको बताए । 'अहिलेसम्म बढी ज्वरो आएका दुई जना मात्रै महाकाली अस्पताल पठाएका छौँ,' उनले भने,'गर्मीमा लाइनबस्दा, हिँडेर थकित भएर आएकाले पनि ज्वरो बढी देखिन सक्छ ।'


सहायकरथीका अनुसार सेनाको सैनिक चिकित्सकसहित टोली स्वास्थ्य परीक्षणमा खटिएको छ भने बाहिनी र गुल्मको टोली अन्य व्यवस्थापकीय भूमिकामा देखिएको छ । गड्डाचौकीका स्थानीयबासीले सेना स्वास्थ्य परीक्षणमा खटिएकाले आफूहरुलाई जोखिम न्यूनीकरणको भरोसा जागेको प्रतिक्रिया दिएका छन् ।


सेनाले शनिबार गड्डाचौकी नाकाको स्थलगत अनुगमनका लागि पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत स्वास्थ्य परीक्षणको अवस्था, व्यवस्थापकीय कठिनाई लगायतका विषयमा जानकारी गराएको थियो ।

प्रकाशित : चैत्र ९, २०७६ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?