कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूर पहाडका उच्च लेकाली क्षेत्रमा हिमपात

तृप्ति शाही

बैतडी — लगातारको वर्षाका कारण बैतडीसहित सुदूर पहाडका उच्च क्षेत्रमा हिमपात भएको छ । बैतडीसहितका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको हो । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै शुक्रबार राति उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । बैतडीका खोड्पे, श्रीभावर, गर्जे लगायतका उच्च क्षेत्रमा हिमपात भएको छ ।

सुदूर पहाडका उच्च लेकाली क्षेत्रमा हिमपात

यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम हुन सकेको छैन । चिसोले गर्दा यो समयसम्म पनि लेकाली क्षेत्रका मानिसको जनजीवन प्रभावित भएको छ । यो वर्ष फागुन अन्तिम सातासम्म हिमपात नरोकिएपछि उच्च लेकाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर भएको सिगास गाउँपालिकाका चक्रसिंह साउदले बताए । वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत मुस्किल भएको उनले बताए ।


यस्तै यो वर्ष हिमपात र वर्षा नरोकिएपछि गहुँ बालीमासमेत असर परेको छ । वर्षाका कारण गहुँ बालीमा क्षति पुगेको किसानहरुले बताएका छन् । लगातारको वर्षाका कारण गहुँमा विभिन्न रोगसमेत देखा पर्न थालेको दशरथचन्द नगरपालिकाको–१ मुस्याचौरका किसान देवदत्त भट्टले बताए ।

प्रकाशित : फाल्गुन २४, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?