कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा परीक्षा तालिका परिवर्तन

गणेश चौधरी

टीकापुर — कैलालीका स्थानीय तहले परीक्षाको कार्यतालिका परिवर्तन गरेका छन् । संसारभर फैलिरहेको कोरोना भाइरसका कारण नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा लिइसक्‍ने सूचना गरे अनुसार परीक्षा कार्यतालिका परिवर्तन गरेका हुन् । 

टीकापुर नगरपालिकाले फागुन २८ गतेबाट वार्षिक परीक्षा सुरु गर्ने निर्णय गरेको छ । यसअघि चैत १६ गते गर्ने भनिएकोमा नयाँ तालिका अनुसार कक्षा ८ र एसईई बाहेकका परीक्षा फागुन २८ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन हुनेछन् । कक्षा ८ को परीक्षा चैत ६ गते बिहान र एसईई दिउँसो हुने जनाएको छ ।

यसैगरी जानकी गाउँपालिकाले पनि परीक्षा फागुन २९ देखि सुरु गर्न थालेको छ भने कक्षा ८ को परीक्षा पनि फागुन २८ बाटै सुरु गर्न लागिएको शिक्षा अधिकृत कलम खड्काले बताए ।

जोशीपुर गाउँपालिकाले फागुन २२ गतेदेखि चैत ५ सम्मको कार्यतालिका सार्वजनिक गरेको छ । जोशीपुर गाउँपालिका स्तरीय परीक्षा समितिका सचिव राजेशकुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा उक्त कुरा जनाइएको छ ।

भजनी, लम्की चुहा नगरपालिकामा पनि परीक्षा तालिका परिवर्तनको तयारीको लागि छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?