१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

खरबारीमा आफैंले लगाएको आगोले जलेर वृद्धको मृत्यु

गणेश चौधरी

टीकापुर — टीकापुर नगरपालिका–७ सत्तीमा आगलागीमा ७० वर्षीया लालबहादुर भण्डारीको मृत्यु भएको छ । सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको नदी किनारमा स्थानीयको खरबारीमा आगलागी हुँदा भैँसी चराउन गएका भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मंगलबार साँझ ५ बजेतिर भैँसी चराउन गएका भण्डारी आफैँले खरबारीमा आगो लगाएका थिए । खरको आगो भण्डारीको लुगामा सल्केपछि भाग्‍न नसक्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।


प्रकाशित : फाल्गुन ७, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?