कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मला पन्त प्रकरण : धर्नामा प्रहरी हस्तक्षेप

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै सोमबार जिल्ला अदालतअगाडि धर्ना बसेका महिला अधिकारकर्मीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

सो क्रममा अधिकारकर्मी शारदा चन्द घाइते भएकी छन् । उनको घाँटी र पेटमा चोट लागेको छ । महाकाली अस्पतालमा उपचार हुन नसकेर उनलाई धनगढी रिफर गरिएको छ । ‘हामी शान्तिपूर्ण रूपमा धर्नामा थियौं, प्रहरीले हामीमाथि दमन गरेको छ,’ अधिकारकर्मी चन्दले भनिन्, ‘पुरुष प्रहरीले समेत हातपात गरे ।’


डेढ वर्षअघि भएको घटनामा संलग्न हालसम्म पनि पत्ता नलागेको भन्दै उनीहरूले धर्ना दिएका थिए । धर्नाकारीले निर्मलाको न्यायका लागि भएको आन्दोलनमा घाइते भएकाहरूले उपचार खर्च पाउनुपर्ने समेत माग राखेका छन् । ‘वास्तविक अपराधी पत्ता लगाउनुपर्ने हाम्रो मुख्य माग हो,’ अर्की अधिकारकर्मी लक्ष्मी मल्लले भनिन् ।


प्रकाशित : पुस २८, २०७६ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?