कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाबु र छोरा घरमै मृत फेला

तृप्ति शाही

बैतडी — बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–२ मा बाबु र छोरा मृत फेला परेका छन् । बिहीबार साँझ खाना खाएरसँगै सुतेका उनीहरु शुक्रबार मृत अवस्थामा भेटिएका हुन् । 

५८ वर्षीय बालीराम सार्की, उनका ५ वर्षीय छोरा नवीन र १० वर्षीया छोरी आरती एकै कोठामा सुतेका थिए । मृतककी श्रीमती र अन्य साना छोरीहरु नजिकै रहेको अर्को घरमा सुतेका थिए । आरती भने बेहोस अवस्थामा भेटिएकी थिइन् । नजिकैको शर्माली स्वास्थ्यचौकीमा उपचारपछि उनी होसमा आएकी छन् ।


मृतकको शव पोस्टमार्टमका लागि मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटना कसरी भएको हो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको घटनास्थलबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले बताए । उनका अनुसार उनीहरु सुतेको कोठामा झ्यालहरु थिएनन् । ढोकामा पनि कपडाले हावा छिर्न नदिएर सुतेका थिए । निसास्सिएर उनीहरुको मृत्यु भएको आशंका गरिएको छ ।

प्रकाशित : पुस २५, २०७६ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?