कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

छतारामा २० मतले नेकपाका मनराज बुढा वडाध्यक्षमा विजयी

संगीता तिमिल्सेना 

बाजुरा — जिल्लाको त्रिवेणी नगरपालिका–१ छताराको वडा अध्यक्षमा नेकपाका मनराज बुढा विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका खगेन्द्र चँदारालाई २० मतले पराजित गर्दै वडाध्यक्षमा बुढा विजयी भएको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

छतारामा २० मतले नेकपाका मनराज बुढा वडाध्यक्षमा विजयी

मनराज बुढाले ३ सय ६७ मत पाएका छन् । त्यस्तै चँदाराले ३ सय ४७ मत, राप्रपाका उम्मेदवारले २ मत पाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएपी उद्धवसिंह भाटले बताए । उनका अनुसार ११ मत बदर भएको छ ।


त्रिवेणी नगरपालिका १ मा रहेको छतारादेवी आधारभूत विद्यालयमा शनिबार भएको उपनिर्वाचनमा एक हजार ३९ जना मतदातामध्ये ७ सय २७ मत खसेको थियो । तीन सय ४४ पुरुष र तीन सय ८३ महिलाले मतदान गरेको थिए

प्रकाशित : मंसिर १५, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?