संगीता तिमिल्सेना 

असिना पानीले अन्नबाली नष्ट 

जिल्लाको बडीमालिका नगरपालिका–१ मा सोमबार बेलुकी आएको असिना पानीले अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्‍याएको छ  । सोमबार दिउँसो ४  बजे आएको असिना पानीले पाक्न लागेको कोदो, फापर, धान, सुन्तला, केरा र तरकारी बालीमा क्षति गरेको स्थानीय कृषक हर्कबहादुर कार्कीले बताए । उनले वडाको पिनालेख, पाटा, नुवाकोट र सल्लेनाका करिब ११ सय कृषकको बाली नष्ट गरेको कान्तिपुरसँग बताए । 

स्वास्थ्य चौकीमै सुत्केरीको मृत्यु

त्रिवेणी नगरपालिकास्थित छतारा स्वास्थ्य चौकीमा एक जना सुत्केरीको ज्यान गएको छ । सुत्केरी भएको ६ घण्टापछि छतारा स्वास्थ्य चौकीमा ३७ वर्षीया रेजीया नेपालीको मृत्यु भएको स्वास्थ्यकर्मी सुमित्रा पाध्यायले बताइन् ।

बाजुरामा स्क्रब टाइफसका बिरामी फेला

सुदरपश्चिमको पहाडी जिल्ला बाजुरामा पनि स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका छन् । अत्याधिक मात्रामा जिल्ला अस्पताल बाजुरामा बिरामी बढ्न थालेपछि डाक्टरहरुले विशेष ध्यानमा राखेर उपचार गर्न थालेपछि बाजुरा जिल्ला अस्पतालमा एक महिलामा स्क्रब टाइफसका बिरामी भेटिएको हो । 

अरिंगालको टोकाइबाट बालकको मृत्यु

बाजुरमा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ । बडिमालिका नगरपालिका–९ का ४ वर्षीया सुमित थापाको अरिंगालको टोकाइबाट मृत्यु भएको हो ।

संगीता तिमिल्सेना का लेखहरु :

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी 

जिल्लाको जगन्नाथ गाउँपालिका ३ मोहतीमा रहेको वडा कार्यालयमा आगजनी गरिएको छ । बुधबार राति करिब ९ बजे अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको वडाध्यक्ष डम्मरबहादुर शाही जानकारी दिए ।

ड्युटीका प्रहरीमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ  

डिउटीमा खटिएका प्रहरी टोली माथि हातपात गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बडिमालिका नगरपालिका–८ मा लागेको अनन्ते मेला सुरक्षामा खटिएका प्रहरीमाथि मदिरा सेवन गरेर हातपात गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए । 

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु 

जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण बुधबार बेलुकी सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहोरा रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए ।

बाढीले सिंगो बस्ती जोखिम

बाउली र खारगाड खोलाको कटानले बडिमालिका ८ को गडखेत गाउँ पहिरोको उच्च जोखिममा छ । खोलाको कटान गाउँनजिकै पुगेपछि यहाँका ५० परिवार जोखिममा परेको वडासदस्य नरबहादुर अयडीले बताए ।

स्याउ ढुवानीमा अनुदान

बाजुराको पूर्वोत्तर क्षेत्रमा फलेका स्याउ नजिकको बजारमा अनुदानमा ढुवानी हुने भएका छन् । गाउँमा बिक्री हुन नसकेर बारीमै कुहिने अवस्था आएपछि कृषि ज्ञान केन्द्र बाजुराले ६ सय क्विन्टल ढुवानीका लागि अनुदान दिने भएको हो ।