कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीरबाट लडेर मृत्यु

वसन्तप्रताप सिंह

बझाङ — घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बझाङको बुंगल नगरपालिका–५ सट्टायकी ३४ वर्षीया अञ्जना धामीको लडेर मृत्यु भएको उनका आफन्तहरुले बताएका छन् ।

भीरबाट लडेर मृत्यु

स्थानीय बिरेखोला किलाहाल्लेको भीरबाट लडेर मृत्यु भएको उनका छिमेकी समेत रहेका सरस्वती माविका शिक्षक जनक कुँवरले जानकारी दिए ।

शनिबार दिउँसो एक्लै घाँस काट्न हिँडेकी अञ्जना साँझसम्म घर नफर्केपछि आफन्त र छिमेकीले खोजी गरेका थिए । शनिबार राति अबेरसम्म उनलाई कतै नभेटेपछि आइतबार बिहान पुनः खोजी गर्दा उनको शव भेटिएको मृतकका श्रीमान् अक्कल धामीले बताए ।

अञ्जनाको शव भीरको खोंचमा फेला परेको धामीले बताए । उनका नाबालक दुई छोरा रहेका छन् ।

विगत पाँच वर्षयता घाँस काट्ने क्रममा बिरेखोला किलाहाल्ले भीरबाट लडेर १४ जना स्थानीयको ज्यान गइसकेको बुंगल-५ का वडा अध्यक्ष प्रयागराज धामीले बताए ।

प्रकाशित : कार्तिक २४, २०७६ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?