कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक्स्काभेटरले किच्दा १ को मृत्यु

तृप्ति शाही

(बैतडी) — एक्स्काभेटरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ । 

मेलौली नगरपालिका ५ पेलेका ५५ वर्षीय शुक्र सिंह पुजाराको मृत्यु भएको हो । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा एक्सकाभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर एक्स्काभेटरले किचेको प्रहरीले जनाएको छ ।


पुजारा घर खन्नको लागि एक्स्काभेटर ल्याउँदै थिए । चालक दशरथचन्द नगरपालिका २ देहीमाडौंका ३० वर्षीय शेरसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए ।

प्रकाशित : कार्तिक ७, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?