बाजुरामा स्क्रब टाइफसका बिरामी फेला

संगीता तिमिल्सेना 

बाजुरा — सुदरपश्चिमको पहाडी जिल्ला बाजुरामा पनि स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका छन् । अत्याधिक मात्रामा जिल्ला अस्पताल बाजुरामा बिरामी बढ्न थालेपछि डाक्टरहरुले विशेष ध्यानमा राखेर उपचार गर्न थालेपछि बाजुरा जिल्ला अस्पतालमा एक महिलामा स्क्रब टाइफसका बिरामी भेटिएको हो । 


जिल्लाको बडिमालिका नगरपालिका-१ पिनालेखकी ५१ वर्षीय महिला किट्टी कार्की स्क्रब टाइफसले संक्रमित भएको जिल्ला अस्पताल बाजुराका एमडीजीपी डाक्टर दुर्गा महर्जनले बताए। उनी एक्कासी अत्याधिक मात्रामा ज्वरो आउने, टाउको दुख्ने समस्याले गर्दा असोज २४ गते जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आएकी थिइन् पछि उनलाई जाँच गर्दा स्क्रब टाइफस रोगबाट संक्रमण भएको पत्ता लागेको मर्हजनको भनाइ छ। अस्पतालका अनुसार जिल्ला अस्पताल बाजुरामा कार्की एक हप्तासम्म भर्ना भएकी थिइन्। उनलाई एक हप्ताको उपचार पछि रेफर गरिएको असपताल स्रोतले जनाएको छ।

अहिले उनको अवस्था सामान्य रहेको औषधी सेवन गरिरहेको आफन्तले बताएका छन्। यो रोग मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन। सबैलाई सामान्य जस्तो लाग्ने स साना कुराहरुबाटै पनि दैनिक जीवनमा समस्या निष्कन सक्दछ। धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस। यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ। यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ। माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाउँमा देखिने गर्दछ।

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढी र काम जरो समेत आउन सक्दछ। धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरीरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको श्वासप्रश्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुने जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख राजुराज जैशीले बताए। उनले भने किराले टोकेको ठाउँमा रातो डावर जस्तो देखिन सक्छ। टोकेको ठाउँमा पछि गएर कालो दाग बस्ने गर्दछ। त्यसैबाट शरीरभरी किटाण्हुरु सर्ने गर्दछन्।

खेतीबारीमा काम गर्दा, वनजगंल झाडीमा जाँदा तथा घास काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने, सम्भव भए बुट लगाउने, घाँसबारी वा चौर मा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईंमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घाँसबारी र चौरमा नबस्ने, चउर, बारी, घाास तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्न सकिने जैशीको भनाई छ। अहिले संक्रमित महिलालाई उपचार पछि अस्पतालबाट डिस्चार्ज भइसकेकी छन्। अस्पतालका अनुसार जिल्लाका अन्य व्यक्तिलाई भने यो रोग भेटिएको छैन।

प्रकाशित : कार्तिक ६, २०७६ १६:४१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अरिंगालको टोकाइबाट बालकको मृत्यु

संगीता तिमिल्सेना 

बाजुरा — बाजुरमा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ । बडिमालिका नगरपालिका–९ का ४ वर्षीया सुमित थापाको अरिंगालको टोकाइबाट मृत्यु भएको हो ।

प्रतिकात्मक तस्बिर ।

बिहीबार दिउँसो घर नजिकै खेलिरहेको अवस्थामा अरिंगालहरु आएर टोकेको आफन्तले बताएका छन्।

अरिंगालको टोकाइबाट सिकिस्त भएका थापालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अरिंगालको टोकाइबाट अन्य ३ जना बालबालिका पनि घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित : आश्विन १६, २०७६ १७:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT