कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागू औषधसहित २ जना पक्राउ

भवानी भट्ट

कन्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रबाट लागू औषधसहित २ जना पक्राउ परेका छन् । 

लागू औषधसहित २ जना पक्राउ

लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरले मंगलबार २ सय ३० मिलिग्राम ब्राउन सुगरसहित भारतीय नागरिक विनोद बर्मालाई पक्राउ गरेको हो ।


भारत उत्तर प्रदेशको पिलिभितका बर्मालाई महेन्द्रनगर बजार क्षेत्रबाट पक्राउ गरिएको हो ।


यसैगरी महेन्द्रनगरकै पुरानो बसपार्क क्षेत्रबाट ७० वर्षीया जानकी धामीलाई १ सय ५५ ग्राम चरेससहित पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब निरीक्षक अंक बुढाले जानकारी दिए ।

प्रकाशित : कार्तिक ५, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?