बस दुर्घटनामा १० जना घाइते 

मोहन बुढाऐर

धनगढी — डडेल्धुराबाट महेन्द्रनगरका लागि आउँदै गरेको ना ४ ख ८२३५ नम्बरको बस शनिबार दुर्घटना हुँदा १० जना घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर रहेको छ । 

क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका अनुसार भिमदत्त राजमार्गको डोटीको जोरायल गाउँ पालिका–२ गरुड भन्ने सडक खण्डमा बस दिउँसो सवा तीन बजे दुर्घटना भएको हो । बसमा सवार २५ जना यात्रु मध्ये १० जना घाइते भएका छन् । घाइते सबैको उद्धार भएको छ ।


घाइते मध्येका चार जनालाई गम्भीर प्रकृतिको चोट लागेको क्षेत्रीय ट्राफिक कार्यालयका प्रहरी निरीक्षक मोहन साउदले बताएका छन् ।


अन्यको अवस्था समान्य रहेको छ । घाइतेलाई अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका लागि ल्याउँदै गरेको उनले बताए । बस अनियन्त्रत हुँदा सडकबाट १० मिटर तल खसेको थियो ।

प्रकाशित : कार्तिक २, २०७६ १६:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मस्जिदमा भएको विस्फोटनमामृत्यु हुनेको संख्या ६२ पुग्यो

रासस/एएफपी

काठमाडौँ — अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ । देशको पूर्वी भागमा पर्ने नन्गाहर प्रान्तमा अवस्थित मस्जिदको छत नै खस्नेगरी भएको उक्त विस्फोटमा अरु कैयौँ घाइते भएका छन् । 

उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो । राष्ट्रसंघका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको संख्या ११ सय ७४ थियो ।

गत शुक्रबार प्रार्थना भइरहेका बेला विस्फोटन भएको बताइएको छ । उक्त विस्फोटन कसले गराएको भन्ने अझै स्पष्ट भएको छैन । तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट (आइएस) दुवै समूह सक्रिय छन् ।

घटनामा परी कम्तीमा ३३ जना घाइते भएका प्रान्तीय प्रवक्ता अट्टौल्लाह खोग्यानीले एएफपीलाई जानकारी दिए । प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमिटर टाढा हास्का मिना भन्ने जिल्लामा रहेको मस्जिदमा सो विस्फोटन भएको हो । प्रत्यक्षदर्शीहरूले मस्जिदको छत खस्नुअघि ठूलो आवाजसहितको विस्फोटनको आवाज सुनेको बताएका छन् ।

विस्फोटनका बेला ३५० भन्दा बढी व्यक्ति मस्जिदमा रहेका स्थानीय बासिन्दा ओमार घोर्जाङ्ले एएफपीसँग बताए । उनले विस्फोटनपछिको घटनामा परी केहीको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई एम्बुलेन्समा राखेर लगेको आफुहरुले देखेको जानकारी दिए ।

दर्दनाक घटनाप्रति संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय र विभिन्न देशहरुले चर्को आलोचना गरेका छन् । उनीहरुले यस्ता विभत्स घटनाले कसैको पनि हित नहुने भएकाले यस्ता क्रियाकलाप रोक्न आग्रह पनि गरेका छन् ।

प्रकाशित : कार्तिक २, २०७६ १६:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×