चौरपाटीमा ठेकेदारबीच विवाद , तीन जना प्रहरी नियन्त्रणमा 

मेनुका ढुंगाना

अछाम — अछामको चौरपाटी गाउँपालिकामा ठेकेदारबीच विवाद भएको छ । गाउँपालिकाको वडा नम्बर ७ मार्कुको शान्ति मावि र वडा नम्बर ५ लुङग्राको दया पिपलतोला माविमा ८/८ कोठे विद्यालय भवन निर्माणमा टेन्डरको विषयलाई लिएर ठेकेदारबीच विवाद भएको हो ।

बिहीबार २ बजे मूल्यांकन समितिले टेन्डर खोल्ने बेलामा विवाद भएको हो।

स्थानीयका अनुसार कांग्रेस निकटका रामबहादुर खड्काले कम मूल्यमा टेन्डर हालेको र उनैले पाउने थाहा पाएपछि नेकपा निकटका ठेकेदार बमबहादुर धामीले आक्रोशमा आएर सबै कागज च्यातेका हुन्।

'हामी ठेक्का कसले पाँउछ भन्ने प्रक्रियाको अन्तिम चरणमा थियौं। त्यति नै बेला ठेकेदार बमबहादुर धामीभित्र पसे। सबै कागज हातमा लिएर बाहिर फ्याँके। तल पट्टी अरु केटाहरूले समातेर सबै च्याते' चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद ढुंगानाले भने,'आफू ठेक्का नपाउने आक्रोशमा घटना घटाए। मिलेमतो भएन। पैसा खान पाएनन्। कागजत जलाइदिए।'

उनका अनुसार दयापिपलतोला मावि र शान्ति माविमा ८२ र ८३ लाखमा विद्यालय भवन बनाउनु पर्नेछ। यी दुई भवन बनाउनको लागि १५ जना भन्दा बढिले टेण्डर हालेका थिए।

यता प्रहरीले भने कागजात च्यात्ने बमबहादुर धामीलगायत अन्य दुई जनालाई पक्राउ गरेको छ। 'तीन जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेका छौं। अहिले बाटोमै छन। यहाँ पुर्याएपछी विस्तृत बुझ्नेछौ ' प्रहरी निरीक्षक कलेन्द्र बहादुर शाहीले भने।

प्रकाशित : आश्विन ३०, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एनआरएनए चुनाव : २५७० मतदातामा २३४४ मत खस्यो

विमल खतिवडा

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदान साँझ सकिएको छ । 


कुल २५७० मतदाता मध्य २३४४ मत खसेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ।

बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो। बुधबार राति ८ बजे विद्युतीय भोटिङ मेसिनबाट मतदान भएपनि मतदान गर्नसाथ मेसिन बिग्रदा मतपत्रको आधारमा मतदान गरिएको थियो।

राति नै मत गणना सुरु गरिने र शुक्रबार बिहानसम्म नतिजा आइसक्ने पनि सदस्य पाण्डेले जानकारी दिए।

प्रकाशित : आश्विन ३०, २०७६ १९:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×