मोटरसाइकल दुर्घटनामा मृत्यु

कान्तिपुर संवाददाता

टीकापुर — पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा–३ चिसापानी नजिक शनिबार मोटरसाइकल दुर्घटना हुँदा टीकापुर–१ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको छ । 

प्रतिकात्मक तस्बिर ।

सोही ठाउँका अभिषेक सोडारी घाइते भएका छन् । टीकापुरबाट चिसापानीतर्फ जाँदै गरेको से७प १४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

शाहीको उपचार क्रममा लम्कीस्थित लालरत्न अस्पतालमा मृत्यु भएको र सोडारीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ ।

प्रकाशित : आश्विन २५, २०७६ १९:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

रासस

रामेछाप — सीता एयरको विमान दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान साढे ८ बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो ।

नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ ।

चालक दललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए । तीन चालक दलका सदस्यसहित १३ विदेशी पर्यटक यात्रु लिएर उडेको सीता एयरको ९एन-आई-ई विमान सकुशल अवतरण सफल भएको बताइएको छ । यसरी विमानको इन्जिनभित्रै चरा पसे पनि सकुशल अवतरण गराइएकाले यसलाई सामान्यरुपमा लिइने विमानस्थल कार्यालयले जनाएको छ ।

यही असोज १४ गतेदेखि २ महीनाका लागि मन्थली विमानस्थलबाट लुक्ला उडान हुन थालेको छ । पर्यटकीय सिजनमा उक्त विमानस्थल प्रयोग गरिँदै आएको उक्त विमानस्थलबाट लुक्लाका लागि दैनिक ४० सम्म उडान हुने गरेको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए ।

प्रकाशित : आश्विन २५, २०७६ १९:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×