अरिंगालको टोकाइबाट बालकको मृत्यु
बाजुरा — बाजुरमा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ । बडिमालिका नगरपालिका–९ का ४ वर्षीया सुमित थापाको अरिंगालको टोकाइबाट मृत्यु भएको हो ।
बिहीबार दिउँसो घर नजिकै खेलिरहेको अवस्थामा अरिंगालहरु आएर टोकेको आफन्तले बताएका छन् ।
अरिंगालको टोकाइबाट सिकिस्त भएका थापालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अरिंगालको टोकाइबाट अन्य ३ जना बालबालिका पनि घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित : आश्विन १६, २०७६ १७:०६प्रतिक्रिया