गाउँपालिका अध्यक्षमाथि गोली प्रहारको प्रयास

मेनुका ढुंगाना

(अछाम) — रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदमाथि आइतबार साँझ गोली प्रहारको प्रयास गरिएको छ । अज्ञात व्यक्तिले अध्यक्ष साउदको डेरामा चाइनीज पेस्तोलबाट गोली हान्नै लाग्दा प्रहरी देखेपछि भागेका हुन् ।

फरार व्यक्तिले हरियो ज्याकेट र सेतो टोपी लगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अध्यक्ष साउदको डेरा वडा नम्बर ३ मा रहेको छ ।

'अज्ञात व्यक्तिले पेस्तोल ताकेको अवस्थामा प्रहरीले अवरोध गर्दा गोली भुइँ तलामा खसेको छ' प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने ,'ती व्यक्तिलाई प्रहरीले लखेट्ने क्रममा कैलासखोलामा हामफालेको देखियो ।'

प्रहरीले ती व्यक्तिको खोजी गरिरहेको छ ।

प्रकाशित : भाद्र २९, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्

इन्द्रजात्रा : यसरी पिए महिलाले श्वेत भैरवको प्रसाद (तस्बिरहरु)

तस्बिर : इलिट जोशी, संजोग मानन्धर

काठमाडौँ — इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउँछन् । यसलाई यञ्या पुन्हि पनि भनिन्छ। उपत्यकामा आठ दिनसम्म इन्द्र जात्रा मनाइन्छ । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। यी ८ दिनमध्ये १ दिन हनुमानढोकामा रहेको श्वेत भैरव (हाथा द्यः) को मुखबाट निस्कने प्रसाद महिलालाई मात्रै खुवाइन्छ ।

प्रसादको रुपमा कथःथ्व (जाँड) खुवाउने चलन छ । प्रसाद खान चाहने महिलाहरु लाइन लाग्नु पर्छ । प्रसाद रातको समय खुवाइन्छ । आइतबार राति पनि प्रसाद खान सयौं महिला हनुमानढोकामा उपस्थित भएका थिए । उनीहरु प्रसाद खान तँछाडमछाड गरिरहेका थिए । श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो ।


प्रकाशित : भाद्र २९, २०७६ २०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्