कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी

काठमाडौँ — बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ । देउलेक बजारमा पार्किङ गरेको गाडीमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी

आगजनीबाट गाँउपालिकाको से १ झ २७४ नम्बरको गाडीको अगाडिको भागसहित इन्जिन पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् ।


गाडीमा आगो कसले र किन आगो लगायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्नहरुको खोज जारी राखेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घट्नामा संलग्न रहेको आशंकामा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता अम्मर महरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

प्रकाशित : भाद्र २९, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×