कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१४ किलो चरेससहित ५ पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — बझाङ प्रहरीले चरेससहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट करिब १४ किलो चरेस र नगद समेत बरामद गरेको छ । 

१४ किलो चरेससहित ५ पक्राउ

सोमबार राति १२ बजे बित्थडचिर गाउँपालिकास्थित प्रहरी चौकी स्याडीको इन्ट्री पोष्टमा सदरमुकाम चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना.८ ख १०७४ नं. को गाडी चेकजाँच गर्दा प्रहरीले सिटमाथिको र्याकमा राखिएको अवस्थामा १२ किलोग्राम चरेस बरामद गरेको थियो । प्रहरीले घटना संलग्न ६ जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा बस मालिक केदास्युँ गाउँपालिका ५ का काशी ठगुन्ना, सुर्मा गाउँपालिका १ दौलिचौरका हरिवीर बोहोरा, रनकला बोहोरा र लछी बोहोरा रहेका छन् ।


यस्तै, मंगलबार राति चैनपुरबाटै धनगढीतर्फ जाँदै गरेको अर्को बसलाई जयपृथ्वी नगरपालिका ७ तमैल बजारमा चेकजाँच गर्ने क्रममा बझाङकै सुर्मा गाउँपालिका वडा नं.४ घर भई हाल कैलालीको फुलवारीमा बस्दै आएका नरेश बहादुर बोहरालाई १ किलो २०० ग्राम चरेससहित नियन्त्रणमा लिएको डीएसपी गणेशबहादुर बमले जानकारी दिए । बोहोराको साथबाट नगद ४१ हजार पाँच सय रुपैयाँसमेत बरामत गरिएको प्रहरीले जनाएको छ ।


चरेससहित नियन्त्रणमा लिइएका सबै जनाको अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र उनीहरुलाई लागूऔषध ओसार पसार सम्बन्धी ऐन अर्न्तगत कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७६ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?