कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजीमा बेथिति : तोडफोडबाट जोगियो अस्पताल

मोहन बुढाऐर

धनगढी — धनगढीको निसर्ग अस्पतालमा मंगलबार बिरामीको मृत्युको विषयलाई लिएर केही बेर तनाव भयो । अस्पताल तोडफोड हुनबाट धन्न जोगियो । दिनभर अस्पताल सुरक्षाको घेरामा रह्यो । 

निजीमा बेथिति : तोडफोडबाट जोगियो अस्पताल

पीडित र अस्पताल पक्षबीच सहमति कायम भएपछि अस्पतालको वातावरण केही सहज बन्यो । तोडफोड र भौतिक संरचना नष्ट हुनबाट जोगियो । मृतकका आफन्तले शव बुझे । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ५२ वर्षीय मदन भण्डारीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आफन्त तथा पीडत पक्षले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगायो ।


भण्डारीको पत्थरीको अप्रेसन डा. मेगराज अलाम अन्सरीले गरेका हुन् । उनले अप्रेसन सफल भएको ९ घण्टापछि अचानक भएको हृदयाघातका कारण भण्डारीको मृत्यु भएको बताएका छन् । उनका अनुसार साउन २६ गते पेट दुख्यो भनेर आएका भण्डारीको अल्ट्रासाउन्डद्वारा पित्त थैलीमा पत्थरी देखिएको थियो । मंगलबार भण्डारी अप्रेसनको तयारी साथ दिउँसो २ बजे अस्पताल भर्ना भए ।


‘बिरामीको अप्रसेनअघि गर्नुपर्ने सबै परीक्षण तथा जाँच गरियो,’ डा. अन्सारीले भने, ‘सबै ठीकठाक अवस्थामा बिरामी रहेपछि साढे ३ बजे दूरबिन विधिबाट अप्रेसन गरिएको हो ।’ उनले अप्रेसनपछि होसमा ल्याउने औषधि दिइसकेपछि बिरामी होसमा आएको बताए । ‘राति १२ बजे एक्कासि छाती दुखेको भनेपछि मुटुका चिकित्सक बोलाएर उपचार गरिरहेका थियौं,’ उनले भने, ‘केही बेरमै मृत्यु भयो ।’ उनले अप्रेसनको कमजोरीले बिरामीको मृत्यु नभएको जिकिरसमेत गरे ।


अस्पतालका सञ्चालक सदस्य कुवेर शाहीले बिरामीको सफल अप्रेसनपछि हृदयाघातले मृत्यु भए पनि पीडितलाई राहत स्वरुप अप्रेसन र औषधिको शुल्क नलिएको बताए । पीडितहरू केहीबेर आक्रोशमा आए पनि घटना मानवीय लापरबाही नभएको थाहापाएपछि शव बुझेको उनी बताउँछन् ।


यो त सतहमा आएको एउटा घटना मात्रै हो । ‘पीडित आक्रोशित भएर उत्पन्न हुने तनावले यस्ता कुरा बाहिर आउँछन्,’ धनगढीका सुरेन्द्र विष्टले भने, ‘जसको बोलिदिने कोही छैन, ती बिरामीको मृत्यु अस्पतालभित्रै गुपचुप हुन्छ ।’


जिल्लामा सञ्चालित निजी अस्पतालको गुणस्तरीय सेवाको अनुगमन, मापन हुनुपर्ने नेपाल पत्रकार महासंघका पूर्व उप–सभापति तेजबहादुर भण्डारी बताउँछन् । ‘निजी अस्पतालमा हुने गम्भीर लापरबाहीका नियमन हुनुपर्छ,’ उनले भने, ‘दोषीलाई कारबाही गर्नुपर्छ ।’ उनले निर्सगमा भण्डारीको मृत्यु पनि चिकित्सकीय लापरबाही रहेको औंल्याए ।


निजी अस्पताल मापदण्डअनुसार सञ्चालनमा नभएको उनको आरोप छ । पछिल्लो समय धनगढीमा १५ देखि २५ शय्याका दर्जन बढी अस्पताल खुलेका छन् । तर निर्सग र माया अस्पताल आईसीयू/एनआईसीयू कक्षसहित उच्च प्रविधिबाट सेवा दिने निजी स्तरका ठूला लगानीका अस्पतालभित्र पर्छन् ।


डडेल्धुरा जोगबुढाका बिर्ख साउद बुधबार अस्पताल रोडमा भेटिए । उनी बच्चाको हात भाँचिएपछि सेती अस्पतालमा उपचारका लागि धनगढी आएको बताए । तर उनी एक साता कुर्नुपरेको बताउँछन् । ‘निजी अस्पतालतिर गएको ५० हजार रुपैयाँ लाग्ने भन्यो,’ उनले भने, ‘त्यति धेरै पैसाको जोहो छैन ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?