नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ

रासस

काठमाडौँ — नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।
खड्कालाई काठमाडौँको कोटेश्वरबाट सिआइबीको सहयोगमा साउन २१ गते पक्राउ गरिएको र अन्य तीनलाई साउन १७ र १८ गते कैलालीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।भारु र नेरु नक्कली नोट छाप्ने गरिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । धनगढीको नैनादेवी टोलबाट पक्राउ परेका खगेन्द्रको कोठाबाट नक्कली नोट छाप्न प्रयोग हुने एक थान उपकरण, छापेर काट्न बाँकी रहेका भारतीय र नेपाली नक्कली नोटलगायत सामग्रीसमेत बरामद गरिएको थियो । उनीहरु विरुद्ध खोटा चलन शीर्षकमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्

हतियार र विस्फोटक पदार्थसहित चन्दका दुई कार्यकर्ता पक्राउ 

कान्तिपुर संवाददाता

गण्डकी — हातहतियार र विस्फोटक पदार्थसहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दुई जनालाई पक्राउ गरेको छ । गल्याङ् नगरपालिका–३ स्थित गल्याङ् बजारबाट बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीरकोट–९ का ४६ वर्षीय शिव दर्लामी र मोहन सिंजाली रहेका छन् । 


गल्याङ्‌मा शंकास्पद गतिविधि गरेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको बताएको छ। उनीहरुको शरीर खानतलासी गर्दा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम भन्द समूहको विभिन्न दस्तावेज तथा नेकपा केन्द्रीय समितिको लेटर प्याड भेटाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए।

५० लाख रुपैयाँ चन्दा मागेको १८ थान लेटर प्याड रहेको एसपी लम्सालले बताए। लम्साल भन्छन्, ‘हामीले खोजतलास गरेका थियौं। सोधपुछ गर्दा विभिन्न व्यक्तिहरुलाई धाक, धम्की दिई चन्दा उठाएका रहेछन्।
चन्दा उठाउने कार्यमा खटिएको अवस्थामा नै हामीले पक्राउ गरेका हौ।’

उनीहरुलाई पक्राउ गरेपश्चात अनुसन्धान गर्दा भीरकोट-९ मा रहेको शिव दर्लामीको २ तले गोठ (धनसार) बाट एयरगन १ थान, बम जस्तो देखिने वस्तु ५ थान, चन्दा उठाउने रसिद प्याड १, सदस्यता रसिद ३ ठेलीसहित चन्द समूहको विभिन्न दस्तावेजहरु बरामद गरिएको उनले बताए। उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित : श्रावण २४, २०७६ १६:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्