जिल्ला इन्चार्जसहित १० पक्राउ
बाजुरा — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला ईन्चार्ज भुपेन्द्र बिकसहित १० जना पक्राउ परेका छन् । बिकलाई बुढीगंगा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले उनीहरूलाई मंगलबार विहान पक्राउ गरेको हो ।
अन्य पक्राउ पर्नेमा जिल्ला सचिब भरत थापा, महिला संघ क्रान्तिकारीका केन्दि्रय सदस्य पवित्रा बिक, जिल्ला कमिटी सदस्य अंगराज भण्डारी रहेका छन् ।
विद्यार्थी कमिटीका गोरख रोकाया, समिक्षा बिक, सुशिला बिक, सुस्मिता बिक, केशातार बिक र प्रेम थापासमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उनीहरूबाट विभिन्न विष्फोटक पदार्थ र चन्दा संकलन गरेका रसिदसमेत फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता ऐन ०७४ अनुसार बिष्फोटक पदार्थसम्बन्धी कसुर ऐनमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रकाशित : वैशाख १८, २०७६ १२:३२