कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा सुख्खा पहिरो खस्दा एकको मृत्यु, ५ जना घाइते

मनोज बडू

दार्चुला — दुहुँ गाँउपालिका-३ स्थित राताकाठा नजिक पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते छन् ।  

दार्चुलामा सुख्खा पहिरो खस्दा एकको मृत्यु, ५ जना घाइते

सोमबार राति करिब साढे ११ बजेको समयमा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएर नौगाड गाँउपालिका-४ का रघुबीरसिह धामीको मृत्यु भएको र अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका दार्चुलाका अनुसार रातिको समयमा नौगाडबाट दुहुँ क्षेत्रतिर भेडा लग्ने क्रममा माथिबाट पहिरो खसेको हुन सक्ने अनुमान गरिएको छ । धामीसँगै रहेका नौगाड गाँउपालिका-४ सिप्टीका उदारो ठगुन्ना, सोहीका ठाँउका नरेन्द्र ठगुन्ना, हर्क ठगुन्ना, आनसिंह ठगुन्ना र मानसिंह ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको र उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।


पहिरोमा पुरिएर माथिल्लो क्षेत्र लग्दै गरेका एक दर्जन बढी भेडाब्राखा मरेको घटनास्थलमा रहेका सशस्त्र प्रहरी दार्चुलाका डिएसपी भीमबहादुर चन्दले जानकारी दिए । घटनाको जानकारी पाएपछि राति नै बहृमदेव प्रहरी चौकी र सशस्त्र प्रहरी घटनास्थल गएका थिए ।

प्रकाशित : फाल्गुन १४, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?