कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डीबी बुढा

जुम्ला — जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा चालक सल्यान त्रिवेणी गाउँपालिकाका २७ वर्षीय वसन्त रेउलेको मृत्यु भएको हो । 

जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जिल्लाको कनकासुन्दरी गाउँपालिका ५ देखि गोठिजिउलातिर जाँदै गरेको लु ५ च १४६० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई लोट्खुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । उनका अनुसार घटनालगत्तै ट्र्याक्टर चालकलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

ट्र्याक्टर सडकबाट करिब सय मिटर तल खसेको थियो ।

प्रकाशित : चैत्र २९, २०८० २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×