कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा बन्यो बेलिब्रीज

राजबहादुर शाही

मुगु — सदरमुकाम गमगढी र सोरु गाउँपालिकालाई सडक सञ्जालमा जोड्न कर्णाली नदीमा बेलिब्रीज निर्माण गरिएको छ । तारापानी– सिपगाउँ जोड्ने गरी सिपघाटमा पक्की पुल निर्माण गरिएको हो ।

कर्णालीमा बन्यो बेलिब्रीज

गाउँपालिकाको ३ करोड ३७ लाख रुपैयाँ बजेटबाट पुल निर्माण गरिएको हो । यसअघि कर्णाली नदीमा पुल नहुँदा स्थानीयबासी दुई चरणमा यात्रा गर्न बाध्य थिए । गाडी भाडासमेत महँगो थियो । पुल नबन्दा गमगढीबाट तारापानीसम्म ५ सय र सिपगाउँदेखि सोरुकोटसम्म ७ सय रुपैयाँ जिप भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय कमल शाहीले बताए । ‘अब सोझै गमगढीबाट सोरुकोट पुग्न सकिने भयो,’ उनले भने, ‘भाडा पनि सस्तो हुने अपेक्षा छ ।’ यसअघि पुल नहुँदा भारीसहितका यात्रुले ठूलो सास्ती भोग्नुपरेको उनले बताए । उनले अब ५ घण्टामै घर पुग्न सकिने आशा व्यक्त गरे ।

जल्प/रवी/चक्र जेभीले पुल निर्माणको काम पूरा गरेको हो । पुल निर्माण सकिए पनि १ करोड ३५ लाख रुपैयाँ अझै भुक्तानी नहुँदा मजदुरलाई ज्याला दिन नसकिएको निर्माण कम्पनीले जनाएको छ । अहिलेसम्म २ करोड २ लाख रुपैयाँ मात्र भुक्तानी पाएको ठेकेदार हेमराज शाहीले बताए । ‘पुल निर्माण भएपछि ३ पटक पत्र लेखिसके,’ उनले भने, ‘बेवास्ता भएपछि निर्माण सामग्रीको रकम र मजदुरको ज्याला तिर्न मुस्किल भएको छ ।’ एक साताभित्रै ठेकेदार कम्पनीलाई बाँकी रकम भुक्तानी दिने गरी प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र शाहीले बताए ।

प्रकाशित : पुस १०, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?