कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साढे २ किलो अफिमसहित एक पक्राउ

हरि गौतम

रुकुम पश्चिम — प्रहरीले अवैध लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । सानीभेरी गाउँपालिका–३, गरायलबाट २ किलो ७ सय ग्राम अफिमसहित ५३ वर्षीय गोर्खबहादुर कुसारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

साढे २ किलो अफिमसहित एक पक्राउ

सानीभेरी गाउँपालिका–६, कोटका कुसारीलाई मंगलबार बिहान ३ बजेतिर शंकास्पद अवस्थामा हिँडिहरको अवस्थामा प्रहरीले खानतलासी गरेको थियो । सोही क्रममा प्लास्टिकमा बेरेर झोलामा राखिएको अवस्थामा अफिम फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

लागूऔषध नियन्त्रण ब्युरो कर्णाली प्रदेश र जिल्ला प्रहरी कार्यालयको सयुंक्त गस्ति टोलीले कुसारीलाई पक्रेको डिएसपी केसीले बताए । उनलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको डिएसपी केसीले जानकारी दिए ।

प्रकाशित : मंसिर ३०, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?