कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका पालिका सेक्रेटरीसहित २ पक्राउ

हरि गौतम

रुकुम पश्चिम — प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका पालिका सेक्रेटरीसहित २ जना कार्यकर्ता पक्राउ परेका छन् ।

चन्द समूहका पालिका सेक्रेटरीसहित २ पक्राउ

प्रहरीले सानीभेरी गाउँपालिका सेक्रेटरीको रुपमा कार्यरत आठबीसकोट नगरपालिका–३ का २३ वर्षीय बाबुराम विश्वकर्मा र शिव विकलाई पक्राउ गरेको हो ।

सानीभेरी गाउँपालिका–३ पेदीबजारबाट पक्राउ परेका बाबुराम नेकपाको युवा संगठनका जिल्ला उपाध्यक्ष तथा शिव कोषाध्यक्ष हुन् । सानीभेरी गाउँपालिकामा आइरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

आइतबार दिउँसो पक्राउ परेका उनीहरुलाई सोमबार जिल्ला ल्याइएको हो ।

प्रकाशित : मंसिर २२, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?