कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

विप्लव महर्जन

सल्यान — बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बहुविवाह आरोपमा बन्गाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई कान्छी श्रीमतीसँगै प्रहरीले पक्राउ गरेको हो । स्थानीयले बहुविवाह गरेको भन्दै उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष कुमाईलाई जयतपानी बजारबाट पक्राउ गरेको हो ।

बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

स्थानीयले उजुरी दिएसँगै जिल्ला अदालत सल्यानबाट पक्राउ पुर्जी लिएर वडाध्यक्ष कुमाई र उनकी कान्छी श्रीमती भनिने ग्वामी बिष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल्य सल्यानका डीएसपी गोबिन्द थापाले बताए । घटनाको अनुसन्धान भइरहेको पनि उनले बताए ।

वडाध्यक्ष कुमाईले तिहारको दिनमा ग्वामी बिष्टलाई भगाएका थिए । उनले बिष्टका श्रीमानलाई ३ लाख ८० हजार नगद जारी तिरेर वहुविवाहको केस गाउँमै मिलाउने प्रयास समेत गरेका थिए । उनका दुई श्रीमती पहिले नै छन् ।


प्रकाशित : मंसिर २०, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?