कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतमा एक कोरोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — सुर्खेतमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगर–८ निवासी ६० वर्षीय पुरुषको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुर्खेतमा एक कोरोना संक्रमितको मृत्यु

कात्तिक २३ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई सास फेर्न कठिनाइ भएपछि कात्तिक २४ गते प्रदेश अस्पताल भर्ना गरिएको थियो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेको र उनलाई आकस्मिक तथा अन्य उपचारका साथै अक्सिजन दिइएको थियो ।

शनिबार बिहान अक्सिजन स्याचुरेसन घट्दै गएको र छातीमा थिचेर ब्युँताउने प्रयास गरिएपनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि बिहान ४ बजे उनको मृत्यु भएको कँडेलले बताए । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १७ पुगेको छ ।

प्रकाशित : कार्तिक २९, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?