कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते

रासस

काठमाडौँ — शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन् । 

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चढ्नका लागि स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हन् । मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिंदा लडेर घाइते भएका नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।

मुख्यमन्त्री शाहीलाई अहिले सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ । मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित : कार्तिक २२, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?