एक साताका लागि जिल्ला प्रशासन कार्यालय सल्यान बन्द- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक साताका लागि जिल्ला प्रशासन कार्यालय सल्यान बन्द

विप्लव महर्जन

सल्यान — कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक साताका लागि जिल्ला प्रशासन कार्यालय सल्यान बन्द गरिएको छ ।

कार्यालयले सूचना प्रकाशन गरी बिहीबारदेखि कात्तिक २० गतेसम्मका लागि सबै सेवा बन्द गरेको हो ।

अरु कर्मचारी र सेवाग्राहीमा कोरोना संक्रमणको जोखिम देखिएपछि सेवा प्रवाह बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताए ।

उनका अनुसार एक सातासम्म शान्ति सुरक्षा, विपद् व्यवस्थापनलगायत अति आवश्यक काम मात्र हुनेछन् । सल्यानमा अहिलेसम्म ५ सय जनामा कोरोना संक्रमण देखिएकोमा ४ सय १ जना उपचारपछि घर फर्किएका छन् ।

९९ जनाको विभिन्‍न आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन रिखाराम पुनले बताए ।

प्रकाशित : कार्तिक १३, २०७७ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्

सरकारी कार्यालय खुले, कर्मचारीको उपस्थिती न्यून

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ ।

यो वर्षको दसैं बिदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालयमा काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन् ।

मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबारका मन्त्रालयहरु सुनसान देखिएका छन् । यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरु पनि खाली देखिएका छन् ।

कोरोना जोखिमका बीच आफ्नो घर जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ । दसैं मनाएर फर्किएका कर्मचारी केही दिन क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय आउन अन्योल भएको देखिन्छ ।

यो वर्ष दसैं मनाउन काठमाडौं उपत्यकाबाट करिब ६ लाख मानिसहरु बाहिरिएका थिए ।

प्रकाशित : कार्तिक १३, २०७७ १४:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×