कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठबीसकोटमा जीप दुर्घटना हुँदा ६ जना घाइते

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार बिहान १२ नम्बर वडाको ठूलीबार्खुदेखि ९ नम्बर वडाको राडीतर्फ गइरहेको ग १ ज ६०४७ नम्बरको जीप दुर्घटना हुँदा एकै परिवारका ३ जनासहित ६ जना घाइते भएका हुन् ।

आठबीसकोटमा जीप दुर्घटना हुँदा ६ जना घाइते

दुर्घटनामा परी १२ नम्बर वडाका ३४ वर्षीय गंगे कामी, उनका ६ वर्षीय छोरा सर्जन र ३ वर्षीया छोरी लक्ष्मी घाइते भएका छन् । यसैगरी सोही वडाका १४ वर्षीय शैलेन्द्र नेपाली, १४ वर्षीय राजकुमार कामी र १२ वर्षीय मणिराम नेपाली घाइते भएको प्रहरीले जनाएको छ । गंगे आफै चालक हुन् ।

घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये शैलेन्द्रको अवस्था गम्भीर रहेको जनाइएको छ । जीप सडकभन्दा झण्डै ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ओलीले बताए । उनीहरु सबै किनमेलका लागि राडी बजार जान हिँडेको बुझिएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?