१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बलात्कारको प्रयास गरेको आरोपमा एक पक्राउ

राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिकामा २४ वर्षीया एक अशक्त युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बलात्कारको प्रयास गरेको आरोपमा एक पक्राउ

छायानाथरारा नगरपालिकाका २३ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

बोल्न र हिँडडुल गर्न नसक्ने महिलामाथि ती युवकले शनिबार बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भिमदत्त जोशीले बताए ।

पीडित परिवारले जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको जोशीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : आश्विन २५, २०७७ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?