कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा.केसीको समर्थनमा भोक हड्ताल

हरि गौतम

रुकुम पश्चिम — चिकित्सा शिक्षा र स्वास्थ्यको सुधार माग राख्दै अनशनरत डा.गोविन्द केसीको पक्षमा आठबीसकोट नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले भोक हड्ताल थालेका छन् ।

डा.केसीको समर्थनमा भोक हड्ताल

आठबीसकोट नगर अस्पतालका डा. विसद दाहाल र एचए पुरन केसी शुक्रबार राति १० बजेदेखि २४ घण्टे भोग हड्तालमा बसेका हुन् ।

सरकारसँग तत्काल डा. केसीका माग पूरा गर्न दवाब दिँदै भोक हड्ताल थालेको एचए केसीले बताए । ‘सरकारले तत्काल माग पूरा गरी डा. केसीको जीवनरक्षा गर्न जरुरी छ,’ उनले भने, ‘दुर्गममा गएर गरिबहरुको उपचारमा खट्ने डा.केसीका माग सम्बोधन नभए देशभरिका स्वास्थ्यकर्मी कडा आन्दोलनमा उत्रिन तयार छौं ।’

प्रकाशित : आश्विन २४, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?