कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अख्तियारको टोली गाउँमा

राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिका र सोरु गाउँपालिकामा भ्रष्टाचार भएको भन्दै धमाधम उजुरी पर्न थालेपछि स्थलगत छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मुगु पुगेको छ । टोलीले उजुरीहरुको विषयमा गाउँका योजनाको अनुगमन गर्नेछ ।

आयोगको सुर्खेत कार्यालयका शाखा अधिकृत मेघनाथ सापकोटाको नेतृत्वमा ११ जनाको टोली मुगु पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाका अनुसार टोलीले शुक्रबारदेखि सोरु गाउँपालिकाका योजनाको अनुगमन थालेको छ । टोली झण्डै २ साता गाउँमै बस्ने उनले जानकारी दिए ।

‘टोलीले उजुरी परेका सबै योजनामा पुगेर गहिरो अनुसन्धान गर्नेछ,’ उनले भने, ‘भ्रष्टचार नै भएको निष्कर्ष निकाले टोलीले कानुनी प्रक्रिया अघि बढाउने अख्तियारी पाएको छ ।’

प्रकाशित : आश्विन १६, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?