कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध रुपमा पेट्रोलियम पदार्थ बेच्‍ने पसल बन्द

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिकाले जथाभावी पेट्रोलियम पदार्थ बिक्री गर्ने ४ पसल बन्द गरिदिएको छ । पटक पटकको सूचना अटेरी गरेपछि नगरपालिकाले मोहन जनरल स्टोर, राजेन्द्र अर्डर सप्लायर्स र नामबिनाका २ पसल बन्द गरेको हो । 

अनुमति नलिएरै अवैध रुपमा पेट्रोल र डिजेल बिक्री वितरण गरेको पाइएपछि पसल बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । उनका अनुसार पसलहरुले महँगोमा पेट्रोलियम पदार्थ बिक्री गरेको गुनासोसमेत आएको थियो ।

नगरपालिकाले १२ वटै वडामा पसलहरु अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।


प्रकाशित : आश्विन ७, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?