कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्पामा जंगली साग खाँदा बिरामी परेकाहरुको उद्धार

हरि गौतम

रुकुम पश्चिम — जंगली साग खाएर डोल्पामा बिरामी भएकामध्ये ४ जनाको उद्धार गरिएको छ । कामका लागि डोल्पा पुगेका जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न वडाका ५ जना पुरुष स्थानीय 'जोक' नाम गरेको साग खाएपछि बिरामी परेका थिए । 

डोल्पामा जंगली साग खाँदा बिरामी परेकाहरुको उद्धार

डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारअनुसार ३६ वर्षीय गोपाल ओली, १९ वर्षीय नरेन्द्र ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली बिरामी परेका थिए । उनका अनुसार नरेन्द्रबाहेक अरुको उद्धार गरिएको हो ।

उनीहरु माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१, निजालगुम्बामा काम गर्न पुगेका थिए । नरेन्द्रलाई जिल्ला अस्पतालमै उपचारमा राखिएको छ ।

सुर्खेतबाट आएको हेलिकप्टरले २ पटकमा गरी ५ जनालाई निजालगुम्बाबाट जिल्ला सदरमुकाम दुनैसम्म ल्याएको थियो । ४ जना बिरामीलाई हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल लिएको हो । उनीहरु कामका लागि डोल्पा उक्लिएकाहरु हुन् । सोमबार बेलुकी साग खाएका उनीहरु बिरामी परेपछि राति १ बजेपछि मात्रै जिल्लामा खबर आएको प्रजिअ सुनारले जानकारी दिए ।

प्रकाशित : भाद्र २३, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?