बलात्कृत बालिका बेपत्ता- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कृत बालिका बेपत्ता

विप्लव महर्जन

सल्यान — एक महिनाअघि आफ्नै विद्यालयका शिक्षकबाट बलात्कृत बाग्चौर नगरपालिकाकी १४ वर्षीया बालिका ४ दिनदेखि बेपत्ता भएकी छिन् ।

ती बालिकालाई बाग्चौरस्थित एक विद्यालयका शिक्षक रामचन्द्र केसीले बलात्कार गरेको आरोप छ । बालिकाका आफन्तले ती शिक्षक विरुद्ध साउन ८ गते प्रहरीमा जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालिका घरबाटै बेपत्ता भएकी हुन् । पीडक पक्षले बलात्कारको मुद्दा प्रभावित पार्न बालिकाको अपहरण गरेको पीडित परिवारको आरोप छ ।

घटनापछि फरार रहेका केसीको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार बालिकाको खोजीसमेत जारी छ । शिक्षक केसीले विभिन्न प्रलोभन देखाइ बालिकामाथि पटकपटक बलात्कार गरेको पीडित परिवारको आरोप छ ।


प्रकाशित : भाद्र १६, २०७७ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्

चन्द समूहका २ जना कार्यकर्ता पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — चन्दा संकलन गरिरहेको आरोपमा कुमाख गाउँपालिका–६, मौलाहालेबाट प्रहरीले नेत्रविक्रम चन्द समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । चन्दनिकट युवा संगठनका सदस्य २२ वर्षीय प्रकाश गिरी र १८ वर्षीय गोरख केसीलाई पक्राउ गरिएको हो ।

मौलाहालेका एक व्यापारीसँग १५ हजार रुपैयाँ चन्दा लिइरहेको बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनीहरुले प्रयोग गरेको रा–४ प ६९३८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए । गिरीको साथबाट २४ हजार ९ सय रुपैयाँ बरामद गरेको प्रहरीले उनीहरुविरुद्ध जबरजस्ती चन्दा असुुली मुद्दा दर्ता गरिने जनाएको छ ।


प्रकाशित : भाद्र १६, २०७७ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×