कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६८

किर्ते गरेको आरोपमा वडा कार्यालयमा तालाबन्दी

विप्लव महर्जन

सल्यान — किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरिएको भन्दै नेकपाका कार्यकर्ताले शुक्रबार शारदा नगरपालिका–१२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लिप्।्mट खानेपानी योजना गठनमा वडाध्यक्ष दिपक हमाल र उपभोक्ता समितिका अध्यक्ष प्रेमलाल विष्टले किर्ते हस्ताक्षर गरेको उनीहरुको आरोप छ ।

उपभोक्ता समिति गठन गर्दा आफूहरुलाई बेवास्ता गरेको नेकपा कार्यकर्ताको आरोप छ । एकपक्षीय रुपमा समिति गठन गरिएकाले कार्यालयमा तालाबन्दी गरिएको नेकपा जिल्ला कमिटी सदस्य भोला बुढाथोकीले बताए । सर्वदलीय उपभोक्ता समिति गठन नगरिँदासम्म ताला नखोलिने उनको भनाइ छ ।

कोरोनाको जोखिमका कारण औपचारिक कार्यक्रम र भेला गर्न समस्या भएपछि उपभोक्ताको घरघरमा गएर उपभोक्ता समिति गठन गरिएको वडाध्यक्ष हमालले बताए । ‘कुनै गलत कार्य गरिएको छैन,’ उनले भने, ‘तर राजनीतिक प्रतिशोधका कारण कार्यालयमा तालाबन्दी गरियो ।’ वडा कार्यालयमा तालाबन्दी गर्नेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन थालेको उनले बताए ।

प्रकाशित : भाद्र १३, २०७७ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?