कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गोली हानी लागूऔषध कारोबारी पक्राउ

हरि गौतम

रुकुम पश्चिम — प्रहरीले गोली प्रहार गरेर अवैध लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । 

मुसीकोट नगरपालिका–४, ठाराढुङ्गामा मंगलबार बेलुकी अवैध लागूऔषध अफिम कारोबार भइरहेको शंकामा सोधपुछ गर्दा प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।

गोली हानी लागूऔषध कारोबारी पक्राउ

गोली लागेर मुसीकोट नगरपालिका–११, का २५ वर्षीय निर्मल पुन: घाइते भएका छन् । उनको घुँडाभन्दा माथि तिघ्रामा गोली लागेको छ । उनको प्राथमिक उपचार जिल्ला अस्पतालमा गरिएको थियो भने थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । सोही क्रममा सोही वडाका ३५ वर्षीय लक्ष्मी पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना जयप्रकाश पुन भने फरार भएका छन् ।

कन्ट्रोल डेलिभरीको क्रममा रुकुम पूर्व र रुकुम पश्चिमको संयुक्त प्रहरी टोलीले उनीहरुमाथि गोली प्रहार गरेको रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । यसअघि रुकुम पूर्वमा भदौ ६ गते अफिमसहित पक्राउ परेका कारोबारी बयानको आधारमा अरुलाई पछ्याउँदै रुकुम पूर्वको प्रहरी टोली पश्चिमसम्म आइपुगेको डिएसपी केसीले बताए ।

दुवै जिल्लाको संयुक्त अप्रेशन गर्ने तयारी भइरहेका बेला उनीहरुसँग जम्काभेट हुँदा प्रहरीमाथि जाइलागेपछि गोली प्रहार गर्नुपर्ने अवस्था आएको उनले बताए ।

रुकुम पूर्वबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश गुरुङ कमाण्डमा अप्रेशन टोली रुकुम पश्चिम आएको थियो । प्रहरीले उनीहरुको साथबाट केही परिमाणमा अफिमलगायत सामग्री बरामद गरेको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान रुकुम पूर्वबाटै हुने छ ।

प्रकाशित : भाद्र ९, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?