कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट

हरि गौतम

‍रुकुम पश्चिम — मदिरा सेवन गरेका युवाहरुको आक्रमणमा परी चौरजहारीमा दुई जना प्रहरी हवल्दार घाइते भएका छन् । चौरजहारी नगरपालिका–७ मेलैनाउलीमा मदिरा सेवन गरेका युवाहरुले इलाका प्रहरी कार्यालय चौरजहारीमा कार्यरत प्रहरी हवल्दारद्वय मोहन परियार र पूर्णबहादुर थापामाथि आक्रमण गरेका हुन् ।

बुधबार बेलुका आक्रमणमा परेका दुवै जनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । थापालाई सामान्य चोट लागेको छ भने परियारको टाउकोमा गहिरो चोट लागेको जनाइएको छ । मदिरा सेवन गरेर हल्ला गरिरहेको स्थानमा सादा पोशाकमा पुगेका हवल्दारद्वयमाथि उनीहरुले दाउरा प्रहार गरेका थिए ।

घटना संलग्‍न चौरजहारी नगरपालिका–३ का टिकाराम ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ३ नम्बर वडाकै गोपाल बुढा, भद्र बस्नेत, भाष्कर बस्नेत, विक्रम घर्ती लगायतले आक्रमण गरेका हुन् ।

इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख प्रहरी निरीक्षक धर्मसिह विष्टले विवाद मिलाउने क्रममा प्रहरीमाथि आक्रमण भएको बताए । वडा सदस्य शशिराम विकको घरमा विवाद भइरहेको भनेर खबर आएपछि विवाद मिलाउन गएका प्रहरीमाथि आक्रमण भएको विष्टले बताए । घटनामा संलग्‍न अन्यको खोजी भइरहेको प्रहरी निरीक्षक विष्टले बताए ।

मेलैनाउली क्षेत्रमा पटक पटक यस्ता घटनाहरु हुने गरेका छन् । स्थानीयले पटक पटक प्रहरी चौकी राख्नुपर्ने माग गरेपनि माग सम्बोधन भने भएको छैन ।

प्रकाशित : भाद्र ३, २०७७ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?