कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

शिक्षक कुट्नेहरूविरुद्ध ज्यान मुद्दा

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–३ भिई गाउँका एक शिक्षकलाई कुटपिट गर्ने व्यक्तिहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । कालिका आधारभूत विद्यालयका शिक्षक विष्णुराज धामीलाई स्थानीय मनोज धामी, मिलन धामी, जीवन धामी, जगदीश धामी, अंगत धामी र इन्द्र सेजुवालले कुटपिट गरेका हुन् । घटनापछि उनीहरू फरार छन् ।

उनीहरूविरुद्ध मुद्दा दर्ता गरी खोजी जारी राखिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । साउन २० गते राति शिक्षक धामीलाई उनीहरूले घरबाट टाढा पुर्‍याई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

धामीको टाउको, पिठ्यु र छातीमा चोट लागेको छ । जिल्लामा उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सुधारोन्मुख रहेको दाजु डिलबहादुर धामीले बताए ।

प्रकाशित : श्रावण २९, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?