कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगु पुग्यो सलह

राजबहादुर शाही

मुगु — मुगुमा पनि सलह किरा पुगेको छ । कालिकोट, जुम्ला हुँदै मुगुको छायाँनाथ रारा नगरपालिका, सोरु खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाको गाउँबस्तीमा सलह पुगेपछि किसान चिन्तित भएका छन् । 

मुगु पुग्यो सलह

छायाँनाथ रारा नगरपालिकाको रोवा, पिना, मुन्दु र मुगुमकार्मारोङ गाउँपालिकाको माग्री, सोरु गाउँपालिकाको सोरुकोट, नार्थपु र फोतु, खत्याड गाउँपालिकाको गम्थालगायतका स्थानमा सलह किरा देखिएका छन् ।

जिल्लामा सलह पुगे पनि अन्नबालीमा क्षति नगरेको जिल्ला कृषि विकास कार्यालय प्रमुख पञ्चलाल बुढाले बताए । आकाशमा सानो संख्यामा सलह उडिरहेको उनले बताए । किसानको खेतबारीमा बसेर मकै, कोदो, कागुनो, धानबाली नष्ट गरेको र धेरै संख्यामा सलह आए बाली क्षति गर्न सक्ने बुढाको भनाई छ ।

मुगुमा सलह किरा पुगेपछि किसानहरु कसरी अन्नबाली जोगाउने भन्नेबारे चिन्तित देखिएका छन् । किसानहरु कृषि कार्यालयमा पुगेर सलह किराबाट कसरी अन्नबाली जोगाउने भनेर परामर्श लिने गरेका छन् ।

प्रकाशित : श्रावण २६, २०७७ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?