कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

लेखापालसहित ४ जनालाई छाडियो 

हरि गौतम

रुकुम पश्चिम — गाउँपालिकामा राति काम गर्ने क्रममा पक्राउ परेका त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित ४ जना छुटेका छन् । बिहीबार राति साढे ९ बजे कार्यालयको मुख्यगेट बन्द गरी बत्ती निभाएर काम गरिरहेको अवस्थामा लेखापाल केसी, लेखा सहयोगी उनका भतिजा सुवास, भाइ विकास र अर्का भतिजा भीमसेनलाई प्रहरीले पक्राउ गरिएको थियो । 

लेखापालसहित ४ जनालाई छाडियो 

गाउँपालिकाले सुवासलाई करारमा लेखा सहयोगीमा नियुक्त गरेको छ । विकास सानीभेरी गाउँपालिका–१ स्थित शीतल मावि पक्रैंयाका प्रधानाध्यापक हुन् भने भीमसेनले एक सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाउँदै आएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल केसीले सिम्रुतुस्थित लक्ष्मी बैंकमा रहेको आफूसहित पत्नी विर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए । घटना जानकारी पाएपछि गाउँपालिकाले छानबिन समिति गठन गरेको छ । समिति गठनलगत्तै सबै रकम गाउँपालिकाकै खातामा फिर्ता भएको प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले बताए ।

रातिको समयमा सोही रकमको कागजात मिलाउन लागेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सामान्य सोधपुछपछि उनीहरुलाई छाडिएको प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए ।

प्रकाशित : श्रावण २३, २०७७ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?