कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

पूर्वकान्तिपुरकर्मी रोकायाको निधन

कान्तिपुर संवाददाता

हुम्ला — हुम्लामा रहेर लामो समय पत्रकारिता गरेका पूर्वकान्तिपुरकर्मी जयबहादुर रोकायाको शनिबार दिउँसो निधन भएको छ । ६६ वर्षीय रोकायाको पक्षघातको कारण मृत्यु भएको हो ।

पूर्वकान्तिपुरकर्मी रोकायाको निधन

एक साताअघि एक्कासि पक्षघात भएपछि उनी घरमै उपचाररत थिए । रोकायाले करिब दुई दशकसम्म कान्तिपुर दैनिकको हुम्ला संवाददाताको रुपमा काम गरेका थिए । उनी नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य र हुम्ला शाखाका संस्थापक अध्यक्षसमेत हुन् । रोकायाका श्रीमतीसहित ४ छोरा र १ छोरी छन् ।

प्रकाशित : श्रावण १८, २०७७ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?