कुशे गाउँपालिकामा च्याउ खाँदा बालिकाको मृत्यु, ७ सिकिस्त

रासस

जाजरकोट — कुशे गाउँपालिका –१ स्याँक्रीमा विषाक्त च्याउ खाँदा आइतबार राति एक जनाको मृत्यु भएको छ भने ७ जना सिकिस्त भएका छन् ।

स्थानीय ३ वर्षीया अञ्जना चलाउनेको च्याउ गएर मृत्यु भएको र उनको परिवारका अन्य सदस्यहरु सिकिस्त बिरामी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, ९ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने सिकिस्त भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।

घरपरिवारका सबैले एकै समय च्याउ खाएका थिए । बिरामीको उद्धारका लागि हेलिकप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण १२, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?