कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेस्तोल सफा गर्दा पड्केर हवल्दार घाइते

हरि गौतम

रुकुम पश्चिम — नियमित सफाइका क्रममा पेस्तोल पड्कँदा एक जना हवल्दार घाइते भएका छन् । मुसीकोट नगरपालिका–१ मठस्थित सशस्त्र प्रहरीको ४७ नम्बर गुल्ममा कार्यरत कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय हवल्दार यामबहादुर खड्का घाइते भएका हुन् । 

पेस्तोल सफा गर्दा पड्केर हवल्दार घाइते

आइतबार दिउँसो हातहतियार सफाइका क्रममा पेस्तोल पड्किएपछि खड्काको घुँडा भन्दा माथिको भागमा गोली लागेको छ । घाइते खड्कालाई थप उपचारका लागि नेपालगञ्ज पठाइसकिएको छ । जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए । सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सरसफाई गर्ने गरेको जनाएको छ ।

प्रकाशित : श्रावण ११, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?